विश्वकै ठूलो पार्किङ ग्यारेज र नयाँ रेल प्रणालीसहित डल्लेस विमानस्थलको  पुनर्निर्माण गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डिसी नजिकै रहेको प्रसिद्ध ‘डल्लेस अन्तर्राष्ट्रिय विमानस्थल’को व्यापक पुनर्निर्माण तथा आधुनिकीकरण गर्ने घोषणा गरेका छन्। ह्वाइट हाउसको ओभल अफिसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले ५० लाख वर्गफिटभन्दा बढी क्षेत्रफलमा नयाँ संरचना निर्माण तथा मर्मतसम्भार गरिने जानकारी दिएका छन्। विश्वभरका शीर्ष आर्किटेक्टहरूका ३० भन्दा बढी प्रस्तावहरूको समीक्षापछि यो डिजाइन छनोट गरिएको […]