भुटानी शरणार्थी शिविरमा कुहिएको अवस्थामा एक पुरुष शव फेला

मोरङ– मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा एक व्यक्तिको शव कुहिएको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारुङकाअनुसार आफ्नै घरभित्र ४० वर्षीय दलबहादुर मगरको शव कुहिएको अवस्थामा भेटिएको हो। नगरपालिका–१० स्थित शरणार्थी शिविर सेक्टर सी(२) मा बस्दै आएका मगरको शव कुहिएर गन्हाउन थालेपछि स्थानीयले खोजी गर्दैगर्दा प्रहरीलाई खबर गरेका थिए। […]