शिक्षक लाइसेन्सको परीक्षामा भिडिओ बनाउनेको परीक्षा रद्द

धनगढी : शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने एक परीक्षार्थीलाई कारबाही गरेको छ।यही साउन २८ गते कैलालीस्थित धनगढीको त्रिभुवन मावि बोराडाँडीको ‘ख’ केन्द्रबाट परीक्षा दिएका विनोदकुमार बमलाई आयोगले कारबाही गरेको हो।मर्यादाविपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेको भन्दै आयोगले उनको परीक्षा रद्द गरेको जानकारी दिएको छ।बम्मलाई शिक्षक नियमावली २०५७ को नियम २६ को उपनियम १ अनुसार अनुमति पत्रको दरखास्त