सडक दुर्घटनाको जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन काठमाडौँ महानगरसँग रेडक्रसको आग्रह

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले आगामी बजेट तर्जुमा गर्दा सडक दुर्घटनाबाट हुने जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन काठमाडौँ महानगरपालिकासँग आग्रह गरेको छ । काठमाडौँ जिल्ला शाखाअन्तर्गत रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को सहयोगमा सञ्चालन भइरहेको नयाँ पुस्ताका लागि सडक सुरक्षासम्बन्धी शैक्षिक कार्यक्रमको आज भएको समीक्षा बैठकले सडक सुरक्षाका निम्ति महानगरले आगामी बजेट तर्जुमा गर्दा त्यससम्बन्धी व्यवस्था […]