झापा - झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।
नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसलाई छात्रवृत्ति बापतको रकम एकमुष्ट उपलब्ध गराउने नगरपालिकाका मेयर छत्रपति सुवेदीले जानकारी दिनुभयो । निम्न आय भएका बुहारीहरू शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर कार्यक्रम सुरु गरिएको उहाँको भनाइ छ ।
छात्रवृत्तिका लागि बुहारीहरुले विवाह दर्ताको प्रमाणपत्र, निम्न आय भएको सिफारिस र निवेदन पेस गर्नुपर्नेछ ...