हिमाली जिल्ला मुगुमा न लामखुट्टे लाग्थ्यो‚ न सुत्नलाई झुल लगाउनु पर्थ्यो । हिजोआज लेकाली क्षेत्रभन्दा बेंसीका गाउँबस्तीमा लामखुट्टे लाग्न थालेको छ । बजारमा झुलको बिक्री बढ्दा लामखुट्टे हिमालीमा पनि फैलिएको पुष्टि भएको हो । तराईमा लाग्ने लामखुट्टे पहाड उक्लिएपछि बेंसीका बासिन्दाको सास्ती बढेको छ ।