सीमामा सशस्त्र प्रहरीका लागि सहयोगी चिनियाँ सुरक्षाकर्मी, तर भाषा नजान्दा दुबैतर्फ समस्या

एक वर्षअघि राजधानी काठमाडौँमा चिनियाँ ह्याकरले बैंक एटीएम ह्याक गरे। पैसा चोरिरहेको अवस्थामा दरबारमार्गबाट चिनियाँ नागरिक पक्राउ पनि परे। तर समातिएका उनीहरुसँग सोधपुछ गर्ने जनशक्ति प्रहरीसँग थिएन। कारण - भाषा। त्यसपछि दोभाषे ल्याएर सोधपुछ गरियो। पछि नेपाल प्रहरीले विमानस्थल, अध्यागमनलगायत ठाउँमा खटिने प्रहरीलाई चिनियाँ भाषा तालिम दियो। त्यतिबेला उत्तरी