धनुषा – हुण्डी रकमसहित एक जना भारतीय नागरिकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुरका ४२ वर्षीय राजेशकुमार साह रहेकोे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साहलाई स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ गरिएको छ । प्रहरीका अनुसार याे रकम हुण्डी कारोबारमा प्रयोग भएको खुलेको छ ।
साहमाथि शंका लागेर जाँच गर्दा स्कुटरको डिक्कीभित्र लुकाइ भारतबाट नेपालतर्फ ल्याउँदै गरेको बेला धनुषाको विदेह नगरपालिका–२ दुहवीबाट पक्राउ...