आइसोलेसनमा भर्ना भएका तीन जना ‘डिस्चार्ज’

पाँच दिनदेखि आइसोलेसनमा भर्ना भएका बैतडीका तीन जनालाई आइतबार डिस्चार्ज गरिएको छ । यही वैशाख ३ गते कोरोनाका शङ्कास्पद भनी जिल्ला अस्पतालको आइसोलेसन भर्ना भएका सुर्नया गाउँपालिका–३ का एकै परिवारका उनीहरुलाई आइतबार डिस्चार्ज गरिएको हो ।