काठमाण्डौ महानगरकाे बजेट सिलिङ - वडाका पदाधिकारीको बैठक भत्तामा १ करोड ३८ लाख रुपैयाँ

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका लागि वडाहरूलाई बजेटको सिलिङ पठाएको छ ।महानगरपालिकाले ३२ वटा वडालाई ठूला, मझौला र साना वडामा वर्गीकरण गरेर बजेटको सिलिङ पठाएको हो । वडा कार्यालयबाट कार्यान्वयन हुने प्रशासनिक,सामाजिक र पूर्वाधार खर्चतर्फ निर्धारण गरिएको सीमाभित्र रहेर सात दिनभित्र सिलिङ पठाउन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले परिपत्र गर्नुभएको छ ।३२ वटै वडाले गरेर आउँदो वर्षका लागि दुई अर्ब ७१ करोड ५३ लाख रुपैयाँसम्मको बजेट माग गर्न सक्नेछ...