सरकारको काममा सहजीकरण गर्न खड्काको नेतृत्वमा बन्यो कार्यदल

सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सत्तारुढ गठबन्धनमा रहेका नेताहरुको कार्यदल बनाइएको छ ।काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाइएको हो । कार्यदलमा माओवादी केन्द्रबाट २, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षबाट २ र काँग्रेसबाट २ जना सदस्य तोकिएको छ ।खड्का नेतृत्वको कार्यदलको सदस्यमा डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव रहेका छन् । काँग्रेस नेता रमेश लेखकका अनुसा

सम्बन्धित सामग्री

अध्यागमन अधिकृत खड्काको बयान- भिजिट भिसामा पठाएबापत बाँडेर पैसा लिन्थ्यौं

काठमाडौं । सेटिङमार्फत भिजिट भिसामा जानेलाई सहजीकरण गर्न त्रिवि अध्यागमन कार्यालयमा कर्मचारीको छुट्टै टीम (समिति) रहेको पाइएको प्रहरीले बताएको छ । सो कार्यमा संलग्न आरोपमा पक्राउ परेका र फरारहरूविरुद्ध मुद्दा दायरको तयारी भइरहेको छ । अध्यागमन अधिकृत नरवीर खड्काले बयानको क्रममा भिजिट भिसामा पठाएबापत प्राप्त हुने रकम त्यो टीममा रहेकाले बाँडेर लिने गरेको कागज गरेका […]

सरकारी कार्यदलको पहिलो बैठक- अघिल्लो कामचलाउ सरकारले गरेका नियुक्तिको समीक्षा

सत्तारुढ गठबन्धनका नेताहरूले सरकारका  साझा नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा छलफल गरेका छन् ।सरकार सञ्चालनमा सहजीकरण गर्न गठन गरिएको कार्यदलको प्रधानमन्त्री निवासमा आज भएको पहिलो बैठकमा कामचलाउ हैसियतको अघिल्लो सरकारले गरेका नियुक्तिको समीक्षा तथा वर्तमान सरकारका भावी साझा कार्यक्रमबारे छलफल भएको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले बताए । उनले भने, “बैठकमा आज सैद्धान्तिक विषयमा मात्रै छलफल भयो ।” कार्यदल नेपाली कांग्रेसका महामन्त्री खड्काको संयोजकत्वमा तीन दिन पहिले

सैद्धान्तिक विषयमा छलफल गर्दै सकियो सरकारी कार्यदलको पहिलो बैठक

सत्तारुढ गठबन्धनका नेताहरूले सरकारका  साझा नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा छलफल गरेका छन् । सरकार सञ्चालनमा सहजीकरण गर्न गठन गरिएको कार्यदलको प्रधानमन्त्री निवासमा आज भएको पहिलो बैठकमा कामचलाउ हैसियतको अघिल्लो सरकारले गरेका नियुक्तिको समीक्षा तथा वर्तमान सरकारका भावी साझा कार्यक्रमबारे छलफल भएको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले बताए । उनले भने, “बैठकमा आज सैद्धान्तिक विषयमा मात्रै छलफल भयो ।” कार्यदल नेपाली कांग्रेसका महामन्त्री खड्काको संयोजकत्वमा तीन दिन पहिले गठन भएको हो । कार्यदलमा क...

सरकारको काममा सहजीकरण गर्न बन्यो कार्यदल

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सरकार आबद्ध गठबन्धनमा रहेका दलहरूको कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा माओवादी केन्द्रबाट दुई जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) दुई र कांग्रेसबाट दुई जना सदस्य तोकिएका छन् । कार्यदलको संयोजकमा खड्कासहित सदस्यहरूमा डा. मीनेन्द्र रिजाल र रमेश […] The post सरकारको काममा सहजीकरण गर्न बन्यो कार्यदल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रस्तावित सङ्घीय निजामती विधेयक : विवादित विषय सुल्झ्याइँदै

सङ्घीय निजामती सेवा विधेयकमा यसअघिदेखि नै पेचिलो बनेका कतिपय विषयमा उच्चस्तरीय सहजीकरण समितिले छलफल गरी टुङ्ग्याउने प्रयास गरिरहेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत १० गते रायका लागि कानुन र अर्थ मन्त्रालयमा पठाएको विधेयक मस्यौदामा उच्चस्तरीय समितिले छलफल गरी टुङ्ग्याउन लागेको हो । गत वैशाखमा सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा नमिलेका कतिपय विषय सम्बन्धित निकायसँग समन्वय गरी टुङ्ग्याउन समिति गठन गरेको थियो ।

खोकना सहजीकरण समिति

सरकारले काठमाडौँ, तराई/मधेश द्रुत मार्ग सडक आयोजनाअन्तर्गत ललितपुरस्थित खोकनाको जग्गा प्राप्तिसम्बन्धी उत्पन्न समस्या समाधान गर्नका लागि उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सहजीकरण समिति गठन गरेको छ। मङ्गलबारको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो। जग्गासम्बन्धी विवाद समाधान गर्ने उद्देश्यले समिति गठन गरिएको हो।