काठमाडौं (अस) । कृषि विकास बैंकले क्यूआर टेलर सेवा सुरु गरेको छ । बैंकको ५५ औं वार्षिकोत्सव अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कर्पोरेट बैंकिङ कार्यालय रामशाहपथमा क्यूआर टेलरबाट कारोबार गरी यो सेवा सञ्चालनको घोषणा गरे ।
कार्यक्रममा उप–महाप्रबन्धक प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम, दीर्घबहादुर अर्याल, बाबुकाजी थापा, विभागीय प्रमुख अजयकुमार रिमाल, पप्पुबाबु श्रेष्ठ, सुन्दरप्रसाद खतिवडा, सरोजकुमार साह तथा डिजिटल बैंकिङ विभागका वरिष्ठ शाखा प्रमुख प्रज्ज्वल भट्टराईलगायत अन्य कर्मचारीको उपस्थिति थियो । बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले चेकबिनै सहज तथा सुरक्षित रूपमा क्यूआर टेलरबाट क्यूआर स्क्यान गरी आफ्नो खाताको रकम भुक्तानी लिन सक्नेछन् ।
बैंकले ग्राहक आवश्यकताअनुसार अत्याधुनिक बैंकिङ सेवा मोबाइल बैंकिङ, अलर्ट बैंकिङ, इन्टरनेट बैंकिङ, आन्तरिक रेमिट्यान्स, एजेन्सी रेमिट्यान्स, स्विफ्ट, कार्ड, एटीएम, इसीसी, आईपीएस, कनेक्ट आईपीएस, सी–आस्बा, डिम्याटलगायत विभिन्न सेवा सञ्चालन गरिरहेको छ ।