जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको स्तरोन्नति गर्ने/नगर्ने विषयमा भएको आन्दोलन अनियन्त्रित भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । सर्लाहीका सीडीओ कोमलप्रसाद धमलाले कर्फ्यू आदेश जारी गरेका हुन् । आज बेलुका साढे ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म बरहथवा नगर क्षेत्रको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर […]