यही १५ जेठमा संघीय संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटप्रति रुष्ट विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीलाई मनाउने प्रयासमा अर्थमन्त्री जनार्दन शर्मासहित निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू सक्रिय रुपमा लागिपरेका छन् । अर्थमन्त्री शर्माले शुक्रबार पूर्वी नेपालका व्यावसायिक अगुवाहरूसँग भेटेर असन्तुष्टि सम्बोधनको आश्वासन दिए भने निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाहरूले पनि असन्तुष्ट व्यवसायीको माग पूरा गराउन लबिङ […]