कर्णालीको मुख्यमन्त्री दौडमा को–को ?

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई कांग्रेस हुम्लाले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ एकल उम्मेदवार सिफारिस गरेको थियो । तर उनले फेरि प्रदेश रोजेका छन् । यसपालिको कार्यकाल कम भएको भन्दै उनले पुरै कार्यकाल चलाउने गरी फेरि मुख्यमन्त्री बन्न प्रदेशसभा रोजेका हुन् । जसका लागि उनी एमालेका छक्कबहादुर लामासँग चुनावी प्रतिस्पर्धा गर्दै छन् । लामा २०७४ को निर्वाचनमा बाम गठबन्धन र कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै हुम्लाबाट स्वतन्त्र रूपमा प्रतिनिधिसभा निर्वाचित भएका थिए ।