तनहुँ - तनहुँमा बिहेको भोज खाँदा ३५ जना बिरामी भएका छन् ।
व्यास नगरपालिका-१४ छाब्दीमा भोज खाएका ३५ जना बिरामी परेका हुन् ।
बिरामी परेका व्यक्तिमा पखाला, वान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको छाब्दीमा रहेको सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिनुभयो । बिरामीमध्ये गम्भीर ४ जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिने नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले बताउनुभयो ।
यसैबीच सर्लाहीको लालबन्दी नगरपालिका-६ मा रुद्रीपूजाको प्रसाद खाँदा २५ जना बिरामी परेका छन् । लालबन्दी नगरपालिका-...