विराटनगर / विराटनगरमा करेन्ट लागेर एक जना भारतीय युवाको बुधबार दिउँसो मृत्यु भएको छ । मन्दिर निर्माणको काम गरिरहेको अवस्थामा करेन्ट लाग्दा भारत जोगवनीका २५ वर्षीय तावारूल आलमको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार आलम विराटनगर महानगरपालिका–१५ भट्टा चोकमा निर्माणाधीन बजरङ्गबली मन्दिरका मजदुर हुन् । मन्दिर निर्माणकै काम...