वीरबाट हाम्फालेका पुरुषको खल्तीमा पाँचको नोट र सलाईको बट्टा मात्र, शव लिन कोही आएन

काठमाडौं । वीर अस्पतालको ६ तल्ला माथिबाट हाम्फालेर आज एक अज्ञात पुरुषले आत्महत्या गरेका छन् । उनको पहिचान खुलेको छैन । अस्पतालका निर्देशक सन्तोष पौडेलले शवलाई पोस्टमार्टमका लागि पठाइएको बताए । अहिलेसम्म शव दाबी गर्न कोही पनि आफन्त नआएको उनले जानकारी दिए । मृतक वीर अस्पतालमा भर्ना भएको बिरामी वा कुरुवा नभएको पाैडेलकाे भनाइ छ […]