उपभोक्ता अधिकारबारे आम उपभोक्ताहरूमा जागरण बढाउने उद्देश्यसहित धनगढीमा उपभोक्ता जागरण अभियान तथा प्रथम धनगढी शिक्षिका तीज नृत्य कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय उपभोक्ता मञ्च, कैलालीको आयोजनामा भएको कार्यक्रमको प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले एक समारोहबीच उद्घाटन गरेका थिए । सो अवसरमा राज्यमन्त्री रैकाले प्रदेश सरकारले बजार अनुगमन कार्यलाई अझ बढी प्रभावकारी बनाउन ठोस कार्यक्रम ल्याउने बताए । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, उपभोक्ता मञ्चक