सरकार एमालेविरुद्ध षड्यन्त्र गर्नमा केन्द्रित : बोहरा

नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहराले सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षड्यन्त्रमा केन्द्रित रहेको आरोप लगाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै गठबन्धन सरकार राष्ट्र र जनताको सरोकारका सवालमा अनुत्तरदायी रहेको बताएका हुन् ।‘राज्यका सबै अङ्गहरू प्रायः अस्तव्यस्त छन् । आम जनता महँगीको चर्को मार खेप्न बाध्य छन् । कोरोनाको खोपसम्म राम्ररी दिन सकेको छैन । खोपमा अपचलन भएका कुराहरू आइरहेका छन् । औषधीको नाममा सिटामोलजस्तो सामान्य औषधी समेत