मधेशको मुख्यमन्त्रीमा जनमतको पनि दाबी, माओवादीको ग्रिन सिंग्नल
सत्ता गठबन्धनबाट कांग्रेस बाहिरपछि मधेशमा पनि नयाँ सिराबाट सरकार गठन हुने भएको छ । नयाँ गठबन्धनमा प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई समावेश गर्ने प्रयास गरिरहेका...
सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बिच छलफल भएको छ । केन्द्रमा कांग्रेस एमालेको नयाँ सत्तासमीकरण बन्न थालेपछि प्रदेशमा पनि नयाँ सरकार गठनको कसरत हुन थालेको हो ।
बागमती प्रदेश सरकारमा समर्थन जुटाउँन नयाँ गठबन्धनमा रहेका ठूला दल एमाले र माओवादी केन्द्र दौडधुपमा लागेका छन्। केन्द्रमा बदलिएको नयाँ सत्तासमीकरण अनुसार प्रदेशमा सजिलै सरकार बन्न अवस्था नरहेपछि सत्ता घटकका...
सत्ता गठबन्धन फेरिएसंगै अल्पमतमा परेको गण्डकी प्रदेशमा नयाँ सत्तासमीकरण अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिएसम्म सरकार बन्न सक्ने अवस्था छैन । नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुख बाहेक) र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३० प्रदेशसभा सदस्य नयाँ गठबन्धन दलसँग छन् । कुल ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ बहुमत सदस्यको …
प्रदेश १ मा मन्त्रालयको संख्या घटाएर सानो आकारको मितव्ययीय सरकार गठनको तयारी भइरहेको अवस्थामा मन्त्रीका आकांक्षी अधिक देखिएका छन् । केन्द्रीय सत्तासमीकरण अनुसार यस प्रदेशमा एमाले, माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको सरकार बन्ने देखिएको छ ।
पाँचदलीय सत्तागठबन्धनभित्र केन्द्रमा गडबड भए त्यसको असर सातै प्रदेशको सरकार निर्माणमा देखिनेछ । गठबन्धनबाट माओवादी र एकीकृत समाजवादी बाहिरिएको अवस्थामा एमालेसहित वामगठबन्धनले ४ प्रदेशमा कम्युनिस्ट पार्टीको मात्रै, दुई प्रदेशमा चुनावी तालमेलमा...