कुमारी बैंकबाट रेमिट आईपीओमा आवेदन दिन सकिने

काठमाडौँ। कुमारी बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ। यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक सेयर निष्कासनमा आवेदन दिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

सम्बन्धित सामग्री

कुमारी बैंकमार्फत रेमिट आईपीओमा आवेदन दिन सकिने

कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ । यस खातामार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरूका लागि सुरक्षित गरिएको १०% प्राथमिक शेयर निष्कासनमा आवेदन दिने व्यवस्था मिलाइएको छ । श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोली प्राथमिक शेयरमा आवेदन दिन सकिने छ। बैंकले शाखा अथवा अनलाइन माध्यम बाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको छ ।वैदेशिक रोजगारमा रहेका नेपालीले प्राथमिक शेयरमा लगानी गर्ने अवसरल

कुमारी बैंकबाट रेमिट आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । कुमारी बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ । यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक सेयर निष्कासनमा आवेदन दिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोली प्राथमिक सेयरमा […]

बलेफी हाईड्रोपावर कम्पनीको आईपीओ आजदेखि निष्कासनमा

माघ २७, काठमाडौं । बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले बिहीवारदेखि  स्थानीयका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि पहिलो चरणमा आईपीओ निष्कासन गरेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्कासन गरेको हो। कुल शेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात् ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं ७ का बासिन्दाहरुका लागि निष्कासन गरेको हो। शेयर निष्कासन बन्द छिटोमा फागुन १२ गते हुनेछ भने ढिलोमा फागुन २७ गते हुनेछ। स्थानीयले आईपीओमा कुमारी बैंकको जलविरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।  शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। न्यूनतम १० कित्ता  र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्ने  पनि व्यवस्था मिलाइएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको शेयर सम्पूर्ण विक्री नभए बाँकी शेयरसमेत समायोजन गरी दोस्रो चरणमा सर्वसाधारण (सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुका लागि) मा आईपीओ जारी गरिने कम्पनीले बताएको छ।  ३६ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना अहिले निर्माणको चरणमा छ ।