देशभर चिसो बढ्ने क्रममा, यी स्थानमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायुको आंशिक  प्रभाव रहेकोले बदली हुने क्रममा जारी भएकाले चिसो अझै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । यसैगरी, आज दिउँसो देशका पहाडी भूभागहरुमा  आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ र प्रदेश नं १, बा

सम्बन्धित सामग्री

हिमपातको सम्भावना, भोलि यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौँ – पश्चिमी वायुको सामान्य प्रभावले देशभर चिसो बढेको छ । बिहान साँझ काठमाडौँ उपत्यकासहित तराईका धेरै भू-भागमा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा बदली हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलि मंगलबार […]

यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

मौसम पूर्वानुमान महाशाखाले शनिवार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ  महाशाखाले शनिवार बिहान मौसमी बुलेटिन जारी गर्दै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको समेत जनाएको छ । देशभर चिसो बढ्ने क्रममा रहेकाले पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हाल प्रदेश १ र प्रदेश ...

देशभर चिसो बढ्दै : वर्षा र हिमपातको सम्भावना

मंसिर १७, काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।            काठमाडौं उपत्यकाको आकाशमा बिहानैदेखि बदली छ । घाम राम्रो नखुलेका कारण उपत्यकामा बढी चिसो महसुस गरिएको छ । न्यूनतम तापक्रम स्थिर अर्थात् १० डिग्री सेल्सियस रहे पनि बदलीका कारण चिसो बढेको छ । पछिल्लो साता काठमाडौँको न्यूनतम तापक्रम छदेखि आठ डिग्री सेल्सियस हाराहारी थियो । शुक्रवार काठमाडौंको न्यूनतम १० दशमलव ८ र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।            महाशाखाका अनुसार दिउँसो सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको पहाडी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।            रातिको समयमा पनि कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने छ । देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनका साथै देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।             शनिवार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आइतवार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  रासस

हिमपातको सम्भावना कुन-कुन स्थानमा छ ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर चिसो बढ्ने क्रम समेत रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको छ । […]

मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र  देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही कारण हाल देशभर आंशिक बदली रहेको छ ।यसैगरी महाशाखाका अनुसार मंगलबार दिउँसो पनि देशभर आंशिक बदली रहने  छ। यस्तै, राति सुदूरपश्चि

आजको मौसम : देशभर चिसो बढ्यो, हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले   देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा बंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको साथै अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। भने, देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको र पहाड तथा तराईको थोरै भूभागमा हुस्सु र कुहि

यी क्षेत्रमा हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको चेतावनी र परामर्श जारी गर्दै १ नम्बर, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर चिसो बढ्ने क्रममा रहने देखिएकाले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ । शुक्रवार १ नम्बर प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने समेत जनाइएको छ । यस्तो छ आगामी ३ दिनको मौसमी पूर्वानुमान – मौसम विश्लेषण (Meteo...

देशभर चिसो बढ्ने क्रममा, पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढ्ने क्रममा रहेको जनाएको छ । महाशाखाले आज (म‌ंगलबार) बिहान मौसम विश्लेषणसम्बन्धी एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । जसअनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । हेर्नुहोस् आगामी तीन दिनको […]

देशभर चिसो बढ्ने क्रममा, वर्षा र हिमपातको सम्भावना कहाँ कहाँ ?

देशभर चिसो बढ्ने क्रममा रहने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

काठमाडौँ सहित देशभर चिसो बढ्यो, उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौँ  उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताईन्। दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ । केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभाग मौसम सामान्यतया सफा रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २५ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।