प्यालेस्टाइनमा कार्यरत संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले गाजामा इजरायल र हमासबीच जारी युद्धले मानवतामा दाग लागेको बताएका छन्। प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख फिलिप लाजारिनीले गाजा पट्टीको भ्रमणका क्रममा जारी गरेको वक्तव्यमा भनिएको छ, 'विगत १०० दिनको व्यापक मृत्यु, विनाश, विस्थापन, भोकमरी, क्षति र शोकले हाम्रो साझा मानवतामा दाग लागेको छ।'लाजारिनीले अक्टोबर ७ मा हमास र अन्य समूहले गरेको ‘भयानक आक्रमण’को निन्दा गरेका छन्, जसमा एक हजा