काठमाडौं- ललिता निवास प्रकरणमा नाम मुछिएपछि प्रहरीले अन्तिम समयमा बयान लिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू पदमा बहाल हुनुभन्दा अघि नै प्रधानमन्त्री निवास परिसर बिस्तार गुरुयोजना तयार भइसकेको बताएका छन्। उनले आफू प्रधानमन्त्री पदमा बहाल भए पश्चात उल्लेखित गुरुयोजनाको विषयमा सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव पेश भएकोमा मन्त्रिपरिषद्ले छलफल गरी उक्त प्रस्ताव पारित गरेको बयान दिएका छन्। […]