कोरोना महामारीका कारण विभिन्न तहका पठनपाठन र परीक्षा प्रणालीमा परिवर्तन आएको छ । पछिल्लो समयमा आएर विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण विश्वभरिकै पठनपाठन अवरुद्व भयो । शैक्षिक सत्रको सुरुवातदेखि नै लकडाउनका कारण अवरुद्व भएका शिक्षण संस्था खुलाउन पनि सकिएन । विकल्पका रूपमा अनलाइन कक्षा सञ्चालन गरियो तर यस पद्धतिबाट देशभरिका विद्यार्थीलाई समेट्न सकिएन […]