तुलसी सहकारी ठगी प्रकरण : क्षेत्रीय प्रबन्धक र दुई सञ्चालकलाई थुनामा राख्ने आदेश

बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला अदालत मोरङले विराटनगरमा मुख्यालय रहेको तुलसी बहुउद्देश्य सहकारी संस्थाका क्षेत्रीय प्रबन्धक र दुई सञ्चालकलाई शुक्रबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।