वर्ल्ड इकोनोमिक फोरमको नयाँ प्रतिवेदन द ग्लोबल रिस्क रिपोर्ट २०२१ ले अहिलेको अवस्थामा मानिसहरू आणविक बम भन्दा पनि रोग र जीविकामा आएको संकटलाई बढी ठूलो खतरा मान्छन् भनी उल्लेख गरेको छ ।
रिपोर्टमा संसारले सामना गर्नुपरेका १७ ठूला जोखिमको उल्लेख गरिएको छ । तिनलाई अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन खतराका रूपमा चित्रित गरिएको छ ।
अल्पकालीन खतराका विषयमा कुरा गर्दा ५८ प्रतिशत मानिसले संक्रामक रोगबाट डर लाग्ने बताए । जीवनयापनमा संकट, बाढी वा सुक्खा जस्ता प्राकृतिक विपत, साइबर सुरक्षा र डिजिटल असमानतालाई पनि...