सुदूरपश्चिमा रेबिजबिरुद्धको खोप (एन्टिरेबिज भ्याक्सिन) अभाव भएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक १० जनासम्म रेबिजविरुद्धको खोप लगाउन सेवाग्राही आउने गरेका छन् । तर भ्याक्सिन अभावका कारण सेवाग्राहीले बजारबाट किन्नुपरेको छ । सरकारले नि:शुल्क उपलब्ध गराउने उक्त खोप अहिले सेवाग्राहीले ७ सयदेखि एक हजारसम्ममा खरिद गर्नुपरेको छ ।