संसारमा अहिले चामलको कमी भइरहेको छ ।
यस्तो अवस्थामा भारतले संसारलाई चामल आपूर्ति गर्ने भएको छ । संसारभरि चामल निर्यात गर्नका लागि भारत सरकारले आन्ध्र प्रदेशमा डीप वाटर पोर्ट उपयोग गर्न लागेको छ ।
काकीनाडा डीप वाटर पोर्टले निर्यात गरिने चामलको प्रबन्ध गरिरहेको छ । त्यहाँ धेर चामल भएकाले नजिकैको एंकरेज पोर्टमा पनि निर्यातका लागि चामल जम्मा गरिँदैछ ।
थाइल्यान्ड र भियतनाम चामलका ठूला उत्पादक मुलुक हुन् तर विगत केही महिनादेखि अतिवृष्टि अनि त्यसअघि सुक्खाका कारण धान उत्पादन हुन सकेको थिएन ।...