नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को पद खाली छ । चैत १ मा ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएसँगै रिक्त भएको सिटमा बढुवा हुन सकेको छैन । चैत १ मा बढुवा समितीले धीरज प्रताप सिंह, बसन्त पन्त र रवीन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । उनीहरुको सिफारिससँगै खाली भएको डीआईजीको सिटमा बढुवा गर्न सकस भएको हो । मेरिट लिस्ट अनुसार पुरानालाई बढुवा गर्ने वा नयाँलाई अवसर दिने भन्नेमा मतभेद देखिएको छ । आईजीपी शैलेश थापा क्षेत्रीसँगै २०४९