काठमाडौं : आजबाट ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाउन सुरु गरिएको छ। असार १५ गतेसम्म काठमाडौंका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ।
देशभर ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ। बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन्।…