१० वर्षअघिको आर्थिक अभियानबाट: अपेक्षारहित बजेट

ढिलो गरी शनिवार प्रस्तुत भएको सरकारको राजनीतिक दस्तावेज मानिने बजेट चार महीनापछि आएको छ र सरकारी खर्च गर्ने आवश्यक कानुनी प्रक्रिया अब पूरा भएको छ । सहज तरिकाले आउन नसके पनि यो बजेटबाट संकटको अर्थतन्त्रलाई केही राहत मिलेको छ तर यो बजेटबाट मुलुकको आर्थिक उन्नतिका लागि उल्लेख्य योगदानको अपेक्षा शून्यप्राय: छ । यसका खास कारणहरू छन् । पहिलो, दलहरूबीच सहकार्य गरेर अघि बढ्नुपर्ने देखिन्छ । राजनीतिक स्थायित्व छैन । मुलुकको यो यथार्थ हुँदाहुँदै पनि यो बजेटले त्यो मार्ग अवलम्बन गर्न सकेन । दोस्रोे, बजेट कार्यान्वयन संयन्त्रको अभाव छ जसका लागि छोटो समयमात्र बाँकी भएकाले जेसुकै कार्यक्रम यसले प्रस्तावित गरेको भए पनि कार्यान्वयन हुनसक्ने अवस्था अत्यन्तै न्यून छ । कार्यान्वयनमा लैजान सकिने कार्यक्रमहरूलाई पनि जसरी लापरबाहीपूर्ण ढंगले प्रस्तुत गरिएको छ त्यसले कार्यान्वयनको सम्भावनालाई अझ साँघुर्‍याएको छ । बजेट समयमा आउन नसक्नुमा प्रमुख राजनीतिक दलहरूले यसलाई आफ्नो राजनीतिक स्वार्थपूर्तिको हतियार बनाउन खोज्नु मूल कारण हो ।  (सम्पादकीयबाट)  ६, अंक ६३ सोमवार, ६, मंसिर २०६७

सम्बन्धित सामग्री

नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महत (लाइभ)

काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । अर्थमन्त्री प्रकाशशरण महतले संसदको बैठकमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । यसअघि मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको थियो ।

विनियोजन विधेयकका प्राथमिकताः आर्थिक स्थायित्व कायम गर्ने बजेट

मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सरकारले बजेट दिगो, फराकिलो एवम् समावेशी र आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट ल्याउने जनाएको छ।...

पाकिस्तानमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

काठमाडौँ- पाकिस्तानले आगामी आर्थिक वर्षका निम्ति ९० खर्ब ५० अर्ब पाकिस्तानी रुपैयाँको बजेट सार्वजनिक गरेको छ । वित्तीय चुनौती बढेको वर्तमान अवस्थामा सन्तुलित एवम् जनता केन्द्रित बजेट ल्याइएको अधिकारीहरूले बताएका छन् । सङ्घीय अर्थमन्त्री मिफ्ता इस्माइलले संसद्को तल्लो सदनमा बजेट प्रस्तुत गर्दै त्यसले देशको दिगो आर्थिक विकासलाई केन्द्रमा राखेको र आगामी वर्ष पाँच प्रतिशत आर्थिक […]

आर्थिक वर्ष २०७९/८० काे बजेट भाषण सुरु

आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गरिरहनुभएको छ । उहाँले आउँदो आर्थिक वर्षको बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट आर्थिक स्थिरतातर्फ र बञ्चिकरणबाट समावेशितार्फत केन्द्रित गरेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठक सम्पन्‍‌न, आगामी आर्थिक वर्षको बजेट स्वीकृत

काठमाडौं, १५ जेठ : मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९÷८० को बजेट स्वीकृत गरेको हो । मन्त्रिपरिषदले स्वीकृत गरेसँगै संघीय संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आइतबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त […]

मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको आयव्यय समेटिएको बजेट पारित गरेको हो । अहिले बस्ने संसदको दुबै सदनका संयुक्त बैठकमा बजेट पेश गरिँदै छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्नुहुने छ । सरकारले आर्थिक वर्ष […]

आगामी आर्थिक वर्षको बजेट केहीबेरमा संसद्मा प्रस्तुत हुँदै

सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को वार्षिक बजेट आज संघीय संसद्मा प्रस्तुत गर्दै छ। १५ जेठमा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप अर्थमन्त्री जनार्दन शर्माले केहीबेरमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत...

आर्थिक वर्ष २०७९-८० को बजेट आज सार्वजनिक गरिँदै

काठमाडौँ। सरकारले आउँदो आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७९-८० को बजेट आज सार्वजनिक गर्न लागेको हो । अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ […]

बजेट विकास र उत्पादनमुखी : आर्थिक मामिला मन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट विकास र उत्पादनमुखी आएको बताएका छन् ।प्रदेश सभामा आर्थिक वर्ष २०७८\०७९ को बजेट प्रस्तुत गरेपछि बुधबार पत्रकार सम्मलेन आयोजना गरी मन्त्री शाहले प्रदेश सरकार गठन भएपछि पहिलो पटक विकास र उत्पादनमुखी बजेट आएको बताए । उनले भौतिक पूर्वाधार विकासका लागि ३३ प्रतिशत छुट्याइँदै […]

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण शुरु

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य बाचन शुरु गरेका छन् । आर्थिक वर्षका लागि सरकारद्धारा आय व्ययसहितको अनुमानित बजेट सार्वजनिक गर्दै गरेको सरकारले संसद विघटन पछि अध्यादेश मार्फत बजेट ल्याएको हो । आजै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धि तीन वटा अध्यादेश जारी गरेकी थिइन्। संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् । शनिबार मध्यान्ह