जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए मुलुकमा गणतन्त्र आउने थिएन भन्ने टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले गणतन्त्र आए पनि जनयुद्ध र जनविद्रोहका कतिपय एजेण्डा अझै पूरा हुन बाँकी रहेको बताए । उनले भने, ‘संघीयता, समावेशीता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता महत्त्वपूर्ण उपलब्धि कतै धरापमा पर्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ ।’ विगतका प्रधानमन्त्रीले गर