मोरङ-४ मा माओवादीका अमनलाल मोदीको झण्डै दोब्बरको अग्रता, पछ्याउँदै विनोद ढकाल

काठमाडौं, ५ मंसिर । मोरङ क्षेत्र नम्बर ४ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार अमनलाल मोदीले अग्रता दोब्बर बनाएका छन् । २१४४ मत गणना हुँदा मोदीले ११४८ मत ल्याएका छन् । उनलाई एमालेका विनोद ढकालले ६३१ मत ल्याएर पछ्याएका छ्न । मोदी यसअघि ०७४ मा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।

सम्बन्धित सामग्री

मोरङ ४ बाट माओवादीका मोदी निर्वाचित

मोरङ ।  मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी)का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद ढकाल २४ हजार चार सय ६३ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी गत आइबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ ४ (२)बाट […]

मोरङ–४ मा मोदी भर्सेस ढकाल : ६ स्वतन्त्रसहित १६ जना उम्मेदवार

मोरङको–क्षेत्र नम्बर ४ मा ६ जना उम्मेदवारसहित १६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धन दलका तर्फबाट माओवादी नेता अमनलाल मोदी उम्मेदवार बनेका छन् । यस्तै एमाले गठबन्धनका तर्फबाट सो क्षेत्रमा एमाले नेता विनोद ढकाल उम्मेदवार बनेका छन् । राप्रपाका रवि रिजाल, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, लोसपाका लक्ष्मण साहु, हाम्रो नेपाली पार्टीका नवीनकुमार विश्वास, मंगोल अर्गनाइजेसनका धनबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गेल्टेन ऋषिदेव, नेपाली काँग्रेस (बि.पी)बा