कांग्रेस नवलपरासीबाट विनोद चौधरीको नाम सिफारिस

नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट अर्बपति विनोद चौधरीको नाम सिफारिस गरेको छ । चौधरीसहित कांग्रेसले नवलपरासी क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम उम्मेदवारका सिफारिस गरेको हो ।देवकरण कलवार, विक्रम खनाल, कुलदीप आचार्य र उषा बास्तोलाको नाम सिफारिस गरिएको कांग्रेस नवलपरासीले जानकारी दिएको छ । यसैगरी क्षेत्र नम्बर २ मा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको नाम सर्वसम्मत सिफारिस भएको छ ।प्रदेश सभा सदस्यतर्फ १ (क) बाट विश्व प्रेम पाठक र (ख) मा मुकुल आच

सम्बन्धित सामग्री

विनोद चौधरी नाम सिफारिस भएपछि नवलपरासी कांग्रेसमा बढ्यो विवाद

रुपन्देही । पश्चिम नवलपरासीका दुइटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा उद्योगपति विनोद चौधरीको नाम सिफारिस भएपछि नेपाली कांग्रेसभित्र विवाद बढेको छ । चौधरीको नाम सिफारिसको स्थानीय नेता तथा कार्यकर्ताहरुले विरोध गरेका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका चौधरीको नाम प्रतिनिधिसभा नं १ र २ दुवैबाट उम्मेदवारमा सिफारिस गरिएको भन्दै कार्यकर्ताहरुले विरोध गरेका हुन् । चौधरी […]