काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्नसकिने बताएका छन्। इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौँ महानगरपालिकाले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाहले सो कुरा बताएका हुन्।