रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध तत्कालका लागि थप ठूलो आक्रमणको योजना नरहेको बताउनुभएको छ ।
कजाकस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उहाँले रुसको उद्देश्य पश्चिमा समर्थित देशलाई नष्ट गर्नु नभएको भन्दै अहिले ठूलो आक्रमणको आवश्यकता नभएको बताउनुभएको समाचारसंस्था एएफपीले जनाएको छ ।
रूसले युक्रेनको राजधानी किभलगायत विभिन्न सहरमा ठूलो सङ्ख्यामा क्षेप्यास्त्र आक्रमण गरेको केही दिनपछि पुटिनले यस्तो बताउनुभएको हो । गएको फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएका पुटिनले मित्रराष्ट्रहरूबाट स...