वाडाङ्मेटमा रमाउँदै धनकुटाका आठपहरिया

धनकुटा : धनकुटा नगरपालिका मुख्य थलो रहेको आठपहरियाहरु यतिबेला आफ्नो प्रमुख चाड वाडाङ्मेट मनाउन व्यस्त छन्। यो चाडमा सामूहिक रुपमा दुःखबाट उक्सिने र घरको जेठो छोरो जन्मिएकोमा हर्कबढाइँ गर्ने चलन छ। वर्षभर गुमाएका आफन्तको जुठोबाट उक्सने यो एक मात्र चाड हो। चाडको शुरुवातमा धनकुटाबाट हिँड्दै तीन दिन लगाएर सुनसरीको वराहक्षेत्र पुग्छन्। बराहक्षेत्र नजिक रहेको कोकाहा खोलामा कपाल र दारी खौरिएर नुहाएर आफन्तको दुःख बोक्नेले कपाल काटेर दसीसहित केश बगाउने प्रचलन रहेको छ। तीन दिने यात्राको क्रममा बरखी फ