नेपालमा होली वाइनका नाममा बदनाम ‘युनिफिकेसन चर्च’ आबेको हत्यापछि अनुसन्धानको केन्द्रमा

जापानका प्रधानमन्त्री फुमियो किशिदाले पुन युनिफिकेशन चर्चमाथिको अनुसन्धानलाई तीव्रता दिन आग्रह गरेका छन् । यसअघि आफ्ना पार्टीका सांसदहरूलाई सो समूहबाट बाहिरिन निर्देशन दिइएको भए पनि आम असन्तुष्टि कम नभए पछि जाँचको आदेश दिइएको हो । गत जुलाई ८ मा जापानको इतिहासमा सबैभन्दा लामो शासन गरेका शिन्जो आबेको हत्यामा चर्चको संलग्नता रहेको खुलेपछि चर्च अनुसन्धानको केन्द्रमा छ । अनुसन्धानदाताका अनुसार, हत्यारा तेत्सुया यामागामीको प्रमुख निशाना थिएनन्, शिन्जो आबे । अनुसन्धानको क्रममा जुलाई ८ आबेलाई गोली