नेपाल उद्योग परिसंघ (सीएनआई)को प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेको छ । भेटमा परिसंघ अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको टोलीले आयात रोक्नुको साटो आयातित वस्तुमा कर बढाउन सुझाव दिएको छ । अग्रवालले विदेशी मुद्राको सञ्चितिमा परेको चापबाट माथि उठ्नका लागि आयातमा करको दर बढाउनुका साथै आयातका लागि लिइने ऋणको ब्याजदर समेत हेरफेर गर्नुपर्ने सुझाव दिए ।