पक्राउ पुर्जी जारी भएपछि नेकपा नेताको चेतावनी, ‘अब आत्मसमर्पण होइन, प्रतिरोध हुन्छ’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच २०७७ साल फागुन २१ गते तीन बुँदे सहमति भयो । सहमतिको पहिलो बुँदामा वार्ता र संवादबाट समस्या समाधान गर्ने, तथा दोस्रोमा शान्तिपूर्ण रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्ने तथा तेस्रो बुँदामा सरकारले लगाएको प्रतिबन्ध फुकुवा गरेर कारागारमा भएका नेता कार्यकर्ता रिहा गर्ने र मुद्दा फिर्ता लिने उल्लेख थियो । तर सहमति भएको झण्डै तीन वर्ष पुग्न लाग्दासमेत बन्दी रिहा र मुद्दा फिर्ता नहुँदा ललितपुर जिल्ला अदालत