कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको निर्माण कार्यले गति लिदैं

असार १२, रुपन्देही । कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाले गति लिने भएको छ । बुटवलमा कार्यालय स्थापना भएसँगै अब आयोजनाले गति लिने भएको हो ।  कालीगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाइ पुर्‍याउने तथा १२६ मेगावाट विद्युत् निकाल्ने यो परियोजनाको लक्ष्य छ । यो आयोजनाको कार्यालयको उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार बुटवलमा उद्घाटन गर्दैछन् ।  रुपन्देहीका बुटवल, भैरहवा, लुम्बिनीसहितका  शहरहरुमा जनघनत्व बढ्दै  जाँदा सुक्दै गएको तिनाउ नदीमा पानीको पुनःसञ्चितीकरणका लागि उपयुक्त विकल्पको रुपमा तिनाउ–कालीगण्डकी डाइभर्सनलाई हेरिएको छ ।  आयोजनाको प्रारम्भिक अध्ययन सकेर अहिले विस्तृत परियोजना प्रतिवेदनको काम शुरु भएको छ । बुटवलमा कार्यालय स्थापनासँगै अब यो वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ । कार्यालय स्थापनाको उद्देश्य मूलतः यो परियोजनाको डीपीआर सम्पन्न गर्ने रहेको आयोजना प्रमुख सन्तोष कैनीले बताए । आगामी एक वर्षभित्र डीपीआरको काम सम्पन्न गरी अर्को वर्षदेखि निर्माणको काम थाल्ने गरी काम अघि बढाएको आयोजनाले बताएको छ ।   यो परियोजना सम्पन्न भएपछि रुपन्देही र कपिलवस्तुमा सिँचाइको पर्याप्त व्यवस्था हुने र विद्युतको उत्पादनसमेत बढ्ने दावी विज्ञहरुले गर्दै आएका छन् । तिनाउ नदीका विषयमा लामो अध्ययन गरेका इञ्जिनीयर खेटराज दाहालले तिनाउ नदीमा पानी सुक्दै जाने विकराल अवस्था रहेकाले कालीगण्डकी डाइभर्सनको कुनै विकल्प नरहेको बताउँछन् ।  प्राकृतिक रुपमा बगिरहेको नदी डाइभर्सन गर्दा त्यसले ठूलो वातावरणीय चुनौती ल्याउने भन्दै माथिल्लो तटीय क्षेत्रका स्थानीयले भने यो आयोजनाको विरोध गर्दै आएका छन् । उपप्रधानमन्त्री पौडेलले भने कालीगण्डकी नदीको सभ्यता र यसको वातावरणीय अध्ययन गर्दै माथिल्लो तटीय क्षेत्रका जनतालाई चित्त बुझाएर मात्र आयोजनाको काम अघि बढ्ने बताए ।  कालिगण्डकी–तिनाउ डाइभर्सन सुनिश्चित भएको जनाउ दिन नदी डाइभर्सनपछि तिनाउ र दानवमा विकास हुने जलप्रवाह र त्यसको व्यवस्थापनका लागि दुवै नदी किनारामा सडक निर्माण गर्न तिनाउ दानव करिडोर आयोजनाको  काम अघि बढाइएको छ ।  डाइभर्सनपछि निकट भविष्यमा तिनाउ नदीमा पानीको सतह स्वतः बढ्ने भएकाले दुवै नदीहरुको तटबन्ध सहित नदी किनारामा व्यवस्थित सडक निर्माणको काम अघि बढाइसकेको र तिनाउमा कालीको पानी आउनुअघि यो आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्री पौडेलको भनाइ छ ।   यसरी आउनेछ तिनाउमा पानी  कालिगण्डकी–तिनाउ डाइभर्सन आयोजना राष्ट्रिय सिँचाइ गुरुयोजनाका ११ ओटा अन्तरजलाधार स्थानान्तरणका आयोजना मध्येको एउटा परियोजना हो । गुरुयोजना अनुसार कालीगण्डकीको पानीलाई २७ र ७ किलोमिटरका दुई ओटा सुरूङमार्फत तिनाउ नदीमा खसालिने छ । सिँचाइ विभागका अनुसार कालीगण्डकीबाट तिनाउमा अन्तरजलाधार स्थानान्तरण गरी विद्युत् निकाल्ने र ट्रेलकेस अर्थात् विद्युत् उत्पादनमा प्रयोग भई बगेको पानीलाई सिँचाइमा प्रयोग गरिने गरी परियोजनाको डीपीआर बन्दैछ ।  स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुंगा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा ड्याम बनाएर २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको तिनाउ स्थित दोभानमा पानी खसालिनेछ । २७ किलोमिटर सुरूङमार्फत दोभानमा १०० मेगावाट विद्युत् उत्पादन हुनेछ । दोभानमा विशाल जलाशय निर्माण गरेर केही भाग पानी  तिनाउ नदीमा बगाइनेछ भने त्यहाँबाट बुटवलको बेलवाससम्म ७ किलोमिटर लामो सुरूङमार्फत अर्को विद्युत् गृह निर्माण गरी २६ मेगावाट विद्युत् उत्पादन गरिनेछ । त्यसरी बेलवास पुगेको पानीलाई नहरमार्फत कपिलवस्तु सम्म पुर्‍याएर सिँचाइका काममा प्रयोग गरिनेछ ।  यसो हुँदा रुपन्देही र कपिलवस्तुका एक लाख हेक्टर जमिनमा सिँचाइको सुविधा पुग्नेछ । करीब ९ मिटर चौडा सुरूङमार्गबाट ८२ घनलिटर प्रतिसेकेन्ड पानी तिनाउ नदीमा पुर्‍याउन सकिने विश्वास प्राविधिकहरूको छ । पौडेलले गण्डकी प्रदेशसँगको समन्वय र विस्तृत वातावरणीय अध्ययन गरेर मात्रै तिनाउमा कालीगण्डकीको पानी ल्याउने बताउँदै आएका छन् । रासस

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रम खोक्रो र सारहीन  : पूर्वअर्थमन्त्री पौडेल

जेठ १४, काठमाडौं । पूर्व अर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का सांसद विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गर्दै खोक्रो र सारहीन रहेको बताएका छन् ।             यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आथिृक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा जारी छलफलमा भाग लिंदै उनले कार्यक्रम आर्थिक संकटलाई समाधान गर्न कुनै मार्ग प्रशस्त गर्नेतर्फ केन्द्रीत नभएको आरोप लगाए।             उनले औद्योगिक क्षेत्रका लागि कार्यक्रम नभएको, निजी क्षेत्रलाई हतोत्साहित बनाएको, विकास व्यवस्थापनको कार्यक्रम नभएको, मौद्रिक र वित्तीय नीतिबीच तालमेल नभएको, नियामक निकायमाथि हस्तक्षेप गरिएको आक्षेपसमेत लगाए।             सरकारले अर्थतन्त्रमा ध्यान दिएको छैन भनेर भ्रम छरेको, मूल्यवृद्धि अकाशिएको, आपूर्ति शुङ्खला समस्यामा परेको, सङ्कटोपन्न खाद्य संकटका बारेमा चासो नदिएको भन्दै पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद पौडेलले विदेशी विनिमय जोखिममा पुगेको बताए ।             सार्वजनिक विद्यालयको पूर्वाधारको विकास, प्राविधिक शिक्षाको कार्यक्रम, कालीगण्डकी तिनाउ डाइभर्सन परियोजना, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनललगायतका कार्यक्रम छाडिएको टिप्पणी गर्दै उनले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी नभएको उल्लेख  गरे । उनले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने विषयलाई हावादारी भएको आरोप लगाए । रासस

कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना : सरकारले देखायो सुख्खा नहुने आधार

काठमाडौं : कालीगण्डकी–तिनाउ नदी पथान्तरण (डाइभर्सन) आयोजना बनेमा कालीगण्डकी नदी सुक्ने चिन्ता गण्डकी प्रदेशले गरिरहेका बेला सरकारले यो आयोजनासँगै रुद्रबेनी (कालीगण्डकी–२) र आँधीखोला जलाशययुक्त आयोजनाको निर्माण गर्ने संकेत गरेको छ ।  सिंचाइ विभागले आज विज्ञप्ति जारी गरी रुद्रबेनी जलाशययुक्त र आँधीखोला जलाश…

कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना : सरकारले देखायो सुख्खा नहुने आधार

काठमाडौं : कालीगण्डकी–तिनाउ नदी पथान्तरण (डाइभर्सन) आयोजना बनेमा कालीगण्डकी नदी सुक्ने चिन्ता गण्डकी प्रदेशले गरिरहेका बेला सरकारले यो आयोजनासँगै रुद्रबेनी (कालीगण्डकी–२) र आँधीखोला जलाशययुक्त आयोजनाको निर्माण गर्ने संकेत गरेको छ ।  सिंचाइ विभागले आज विज्ञप्ति जारी गरी रुद्रबेनी जलाशययुक्त र आँधीखोला जलाश…

डाइभर्सन परियोजना निर्माण नगर्न माग

राष्ट्रिय प्राथमिकता र गौरवका आयोजनाअन्तर्गत ‘कालीगण्डकी–तिनाउ डाइभर्सन’ परियोजनाको विस्तृत अध्ययन अन्तिम चरणमा पुगेको छ । प्रदेश नं. ५ अन्तर्गत तराईका तीन जिल्लामा सिँचाइसँगै विश्वकै नमुना पर्यटकीय क्षेत्र बनाउने बहुउद्देश्यीय परियोजनाको प्रक्रिया अघि बढेर अन्तिम चरणमा पुगेको हो ।