रिलायन्स लाइफको कारोबारले नेप्से इन्डेक्स नै गोलमाल, कसको गल्तीले खुल्यो कारोबार ?

शुक्रबारको कारोबारमा अचम्मको दृश्य देखिएको छ । आज शुक्रबार कारोबार  रोक्का रहेको एउटा कम्पनीको शेयर कारोबार भएको छ त्यसले सकारात्मक सर्किट समेत हानेको छ । नेप्सेमा  रिलायन्स लाईफ इन्स्योरेन्सको कारोबार रोक्का रहेको छ ।  सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडसंग मर्ज हुने सम्झाय्ता गरेपछि दुवै कम्पनीको कारोबार रोक्का रहेको छ।  तर शुक्रबार अचानक रिलायन्सको कारोबार सुरु भयो र कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ । कारोबार नहुनु पर्ने कम्पनी कारोबारमा आएर त्यसको शेयर मूल्य १० प्रतिशतले बढेपछि समग्र नेप्से इन्डेक्स र कारोबार रकम नै गोलमाल बनेको छ । आज रिलायन्सको ६१० कित्ता शेयर कारोबार भएर २ लाख २४ हजार १ सय २६ रुपैयाँको कारोबार भएको छ  । कारोबार नहुनु पर्ने कम्पनीको शेयर कारोबार भएपछि त्यसको कारण आजको समग्र इन्डेक्स र कारोबार रकमको मात्रा नै गलत हुने जानकार बताउछन्  । यद्यपि नेप्सेले भने आज भएका रिलायन्सका सबै कारोबार रद्द हुने जनाएको छ  । कसरी खुल्यो कारोबार ? नेप्से स्रोतका अनुसार सिस्टमको कारणले नभई मानवीय कारणले गर्दा रिलायन्स लाइफको कारोबार खुल्न  गएको हो  । सो मानवीय गल्ती भने आज नभई असार २९ मै भएको पाइएको छ। कुनै पनि कम्पनीको कारोबार रोक्का राख्दा नेप्सेको प्रणालीमा कहिलेदेखि कहिलेसम्म कारोबार बन्द गर्ने भन्ने मिति सिस्टममा राख्नु पर्छ  । मर्जमा गएका कम्पनीका कारोबार रोक्का गर्दा कारोबार अन्त्य गर्ने मिति तय गरिदैन र अनलिमिटेड हुने गरि राखिन्छ  । तर रिलायन्सको हकमा कारोबार बन्द गर्दा कारोबार रोक्का रहने अन्तिम मिति साउन १२ गते १२ बजेसम्म मात्र राखिन गएको पाईएको छ  । सोहि कारण आज साउन १३ गते सिस्टमले कारोबार खोलिदिएको हो  । तर कारोबार रोक्काको मिति राख्ने क्रममा मानवीय  त्रुटी भएपछि आजको समस्या आएको नेप्से स्रोतले उल्लेख गरेको छ। नेप्सेले कम्पनीको कारोबार फेरि रोक्का गरिसकेको छ ।  गत असार २९ गते  सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स बराबर हैसियतमा मर्ज हुने सम्झौता गरेका थिए ।   बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ । 

सम्बन्धित सामग्री

नेप्से १५ अंकले घट्यो, कारोबार रकम चार अर्ब माथि

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १५.३७ अंकले घटेर दुई हजार ४८.५७ बिन्दुमा झरेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले...

नेप्से चार अंकले घट्यो, कारोबार रकम अर्बभन्दा कम

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ। आइतबार सामान्य अंक बढेर बन्द भएको नेप्से सोमबार ४.२९ अंक घटेर एक हजार ९७३.०१ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ...

नेप्से आज बन्द, सेयर कारोबार नहुने

सेयर बजारको कारोबार आइतबार बन्द हुने भएको छ । आज असार २६ गते बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि शुक्रबार नेप्से सूचक नेप्से सूचक ३४.७० अंकले घटेर १९९२.६२ विन्दुमा आएको छ ।

आज नेप्से कारोबार रकममा पनि गिरावट

आज (मंगलबार) नेप्से परिसूचकसँग कारोबार रकममा पनि गिरावट आएको छ। शेयर बजार मापक नेप्से परिसूचक मंगलबार ४६.०८ अंकले घटेर २०३०.५९ बिन्दुमा झरेको छ।...

२५२७ अङ्कमा झर्‍यो नेप्से , कारोबार रकम पनि घट्यो

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २५२७ अङ्कमा झरेको छ । मंगलबार १४.२६ अङ्कले नेप्से घटेको हो । कारोबार रकम पनि घटेको छ । कुल १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयो । यसअघि सोमबार कुल २ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो भने आइतबार ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको थियो । […]

कारोबार रकम बढे पनि ४१ अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक घटेको छ । नेप्से सूचक घटेर पुनः दुई हजार पाँच सयकै बिन्दुमा आइपुगेको हो । आइतबार नेप्से ४१ दशमलव ४१ अंकले घटेर दुई हजार पाँच...

नेप्से घट्यो, कारोबार रकम बढ्यो

काठमाडौँ । आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । कुल ३ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसअघि बुधबार जम्मा २ अर्ब ४ करोडको मात्रै कारोबार भएको थियो । परिसूचक नेप्से भने १६. ६९ अङ्कले घटेको छ । सो अङ्कको गिरावटपछि नेप्से २६१३ अङ्कमा कायम […]

नेप्से परिसूचकसँगै सुस्तायो शेयर कारोबार रकम

साताको तेस्रो शेयर बजार घटेर बन्द भएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ ।

नेप्से र कारोबार दुवैमा गिरावट

सेयर बजारमा करेक्सन भएको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार नेप्से ११ दशमलव ६० अंकले घटेर दुई हजार सात सय ५७ दशमलव ५३ बिन्दुमा आइपुगेको छ । अघिल्लो...

नेप्से परिसूचकसँगै कारोबार पनि बढ्यो

काठमाडौं। साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० अंकले बढेको छ। कारोबार समयदेखि नै बढ्न थालेको नेप्से बन्द हुँदासम्म १० अंकले बढेर २६ सय ८४ अंकमा पुगेर रोकिएको छ। यस क्रममा आज ७ अर्ब १२ करोड रूपैयाँबराबरको कारोबार भएको छ। बजार बढे पनि कारोबार भएका १३ मध्ये चार समूहमा गिरावट आएको छ।