काडे खुर्मा रोटी पछिल्लो समय निकै चर्चामा छ । बच्चालाई टिफिन होस् या फुर्सदमा चिया कफीको साथी यो रोटी धेरैको रोजाइमा परेको छ ।
स्कूल कलेजको क्यान्टिनमा पनि खुर्मा रोटी धेरैले रुचाउँछन् । फुर्सदमा बनाएर व्यस्त समयमा खान पनि यो उपयोगी छ । तिहारको भाइटीका भागको थालीमा पनि खुर्मा रोटी धेरैले प्रयोग गर्न थालेका छन् ।
काँडे खुर्मा रोटी बनाउन चाहिने सामग्रीः
मैदा १ कप आधा, चामलको पिठो १ कप, सुजी आधा कप, घ्यू टेबल चम्चा, चिनी ३ टेबल चम्चा, दुक्मेल या दालचिनीको धुलो पिन्च (एज अ फ्लेबर एजेन्ट), दूध पाउडर २ टेबल चम्चा, पा...