ए डिभिजन लिग खेल्ने टोलिले स्वास्थ्य मापदण्ड र खेलाडीको सुरक्षा सम्बन्धमा चासो देखाएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले ए डिभिजन लिगको तयारी सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा लिग खेल्ने टोलिले यसप्रकारको चासो देखाएको हो ।
ए डिभिजन लिग खेल्ने टोलिले स्वास्थ्य मापदण्ड र खेलाडीको सुरक्षा सम्बन्धमा चासो देखाएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले ए डिभिजन लिगको तयारी सम्बन्धमा आइतबार आयोजना गरेको छलफल कार्यक्रममा लिग खेल्ने टोलिले यसप्रकारको चासो देखाएको हो ।
एन्फाले सेप्टेम्बर १९ देखि ए डिभिजन लिग सुरु हुने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को तेस्रो लहर आउन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयको उक्त सन्देश र लिगको आयोजनाको सम्भाब्यता सम्बन्धमा थ्री स्टार क्लबका महासचिब सञ्जिब शिल्पकारले एन्फाले मन्त्रालयको सूचनाकै आधारमा खेल रोक्नतिर लाग्नुभन्दा ब्यवस्थित बनाउन उद्धत हुनुपर्ने सुझाब दिनुभयो । ब्रिगेड बोएजका अध्यक्ष लालकुमार पुनले खेलाडीको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर तयारी सुरु गर्नुपर्ने बताउनुभयो ।