हिमपातका कारण तीन सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

यहाँ विगत तीन सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको लुकुम–पातीहाल्ना खण्डमा जमेको हिउँ पन्छाएपछि सडक पुनः सञ्चालन भएको हो । पटक–पटक हिउँ पर्दा पन्छाउँदै यातायात सञ्चालन गर्दै आए पनि पछिल्लो समयमा भने लामो समय सडक अवरुद्ध हुनपुगेको हो ।एक साता लगाएर हिउँ पन्छाएपछि अहिले सडक सञ्चालन भएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिए । गाउँपालिकाको इन्धन सहयोगमा उक्त खण्डमा काम गरिरहेको सिद्धि शाही निर्माण कम्पनीले सडकमा जमेको हिउँ पन्छाएको अध्यक्ष बुढ

सम्बन्धित सामग्री

मध्यपहाडी लोकमार्ग अझै सञ्चालन भएन

रुकुम (पूर्व)- हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा नआउँदा यात्रु समस्यामा परेका छन् । गत माघ १८ गतेदेखि सो सडकमा यातायातका साधन गुड्न सकेका छैनन् ।सडकमा पाँच फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले जानकारी दिए । जमेको हिउँ तत्काल हटाउने सम्भावना नरहेको जनाइएको छ । हिउँ खेल्न अहिले आन्तरिक पर्यटक […]

अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन भएन

रुकुम । हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा नआउँदा यात्रु समस्यामा परेका छन् । यही माघको १८ गतेदेखि सो सडकमा यातायातका साधन गुड्न सकेका छैनन् ।