डेङ्गीको सङ्क्रमण देशभर फैलियो, ज्यान गुमाउने पाँचमध्ये दुई जनामा अन्य रोगसमेत पुष्टि

काठमाण्डाै - डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । ७७ वटै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म देशभरका ८ हजार ३ सय जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ  । डेङ्गीको सङ्क्रमणका कारण सात जनाको ज्यान गएको सूचना प्राप्त भए पनि पाँच जनाको मात्रै पुष्टि भएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो । उहाँका अनुसार डेङ्गी सङ्क्रमण भएर ज्यान गुमाएका पाँचमध्ये दुई जनामा अन्य कडा खालका रोगसमेत पाइएको छ । एक जनालाई कडा खालको दीर्घरोग र अर्...