राष्ट्र बैंकले केही समय अगाडि चार महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यसलाई हेर्दा चार महिनामा अघिल्लो आर्थिक वर्षको तुलनामा केही प्रगति भएको दखिन्छ । अघिल्लो आर्थिक वर्षमा बाहिरी क्षेत्रमा परेको चाप यो आर्थिक वर्षको पहिलो चार महिनाको तथ्याङ्क हेर्दा केही सुधार देखिन्छ । तर अब आउने दिनमा यसरी नै अगाडि बढ्छ भन्ने कुनै ग्यारेन्टी छैन । हाम्रो आयातको परिणाम अघिल्लो वर्षको तुलनामा व्यापक घटेको देखिन्छ । तर अब त्यो दिगो हुनसक्छ कि सक्दैन भन्ने कुरा हो । यही चार महिनाको तथ्याङ्कलाई लिएर अहिले नै अर्थतन्त्रमा सुधार आइहाल्यो भनेर भन्न मिल्छ...