पुुस १३, काठमाडौं । तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (मंगलवार) रहेको छ ।
नेपाल पुनर्बीमा कम्पनी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने दिन आज अर्थात् मंगलवार रहेको हो ।
नेपाल पुनर्बीमा कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १४ गते (एक दिन) बन्द गर्ने भएकाले मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ दशमलव ५० प्रतिशत बोनस शेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २२ गते कार्की ब्याक्वेंट बबरमहलमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।
त्यसैगरी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएकाले मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते साधारण सभा गर्ने जानकारी दिएको छ । कम्पनीले सभा बिहान ११ बजे होटल मौर्या सिदार्थ नगरपालिका १३ रुपन्देही भैरहवामा गर्ने भएको छ ।
यसैगरी, मितेरी डेभलपमेन्ट बैंकले साधारण सभा प्रयोजनको लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएसँगै मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशलमव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते बिहान ११ बजे सुनसरी उद्योग वाणिज्य संघको सभाहल धरान-१ सुनसरीमा साधारण सभा गर्ने जानकारी दिएको छ ।
विभिन्न ३ बैंक तथा वित्तीय संस्थाहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पौष १४ गते देखि २८ गते सम्म, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र उन्नति सहकार्य लघुवित्त वित्तिय संस्था लिमिटेडले पौष १४ साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्दैछन्।
तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरुले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्।
मितेरी डेभलपमेन्ट बैंकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चु...